बिहानी कला केन्द्र दमकद्धारा सम्पादक पौडेलसहित चार जना सम्मानित

२०८० फाल्गुन २, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिहानी कला केन्द्र दमकले सरस्वती पूजाको अवसरमा आज बुधबार दुई जना पत्रकार र सांगितिक क्षेत्रका दुई जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ । दमक ८ स्थित सो कला केन्द्रले होटल कोरोनेशनमा आयोजित कार्यक्रमका बीच निष्कर्ष न्यूजका सम्पादक बिष्णु पौडेल र हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारीलाई सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट समाजलाई सुसुचित गराउने काममा योगदान गरेको भन्दै पत्रकारद्धयलाई सम्मान गरिएको बिहानी कला केन्द्रले जनाएको छ ।

सम्पादक पौडेल १८ बर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन । उनले दमकबाट प्रकाशन हुने पूर्व सन्देश दैनिकमा १२ बर्ष, पिपुल्स टाइम्स दैनिकमा एक बर्षसाथै रेडियो नेपाल, मेची ट्याइम्स, इलाम एफएम लगायतमा समेत समाचार रिपोर्टिङ गरिसकेका छन भने पछिल्लो ४ बर्षयता निष्कर्ष मिडिया प्रालि मार्फत निष्कर्ष न्यूज डटकमका साथै निष्कर्ष न्यूज साप्ताहिक समेत प्रकाशन गर्दै आएका छन ।

केन्द्रले वरिष्ठ गायक तथा संगीतकार विशाल राई र संगीत साधक यशोदा शाक्यलाई सांगितिक क्षेत्रमा विशिष्ट योगदान पुरयाए वापत सम्मान गरेको छ ।

सम्मानित व्यक्तित्वहरुलाई लोकगायक एलपी जोशीको प्रमुख आतिथ्य र कला केन्द्रकी सञ्चालक तथा संगीत प्रशिक्षक कमला खनालको सभापतित्वमा आयोजित कार्यक्रमका बीच दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

सो अवसरमा सम्मानितहरुका तर्फबाट वरिष्ठ संगीतकार राईले मन्तव्य राख्दै कला संगीतका क्षेत्रमा बिहानी कला केन्द्र र यसको व्यवस्थापन पक्षले दिइरहेको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा लोकगायक शिव नेपाल, वाद्यवादक राम विष्ट लगायत, भिम न्यौपाने लगायतको विशेष आतिथ्य रहेको थियो ।
संगीत प्रशिक्षार्थी बिद्यार्थी रकिता पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा बिहानी कला केन्द्रका प्रशिक्षार्थी बिद्यार्थीहरुले सरस्वती बन्दनासहित विभिन्न गीत संगीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । सो कला केन्द्रमा हाल ४० जना भन्दा बढी संगीत प्रशिक्षार्थी बिद्यार्थीहरु नियमितरुपमा संगीत बिषयको अध्ययन गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय