भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८० श्रावण ३१, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूर्व पश्चीम लोकमार्ग अन्तर्गत झापाको कमल ५ पाडाजुँगीमा भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

पूर्वबाट पश्चीम तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट भएको कारले विपरित दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल ४ का ६८ बर्षिय डोरप्रसाद खनालको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाका अनुसार मंगलबार बेलुकी करीब ७ बजे सो दुर्घटना भएको हो ।

दुर्घटनापछि उपचारका लागि दमक तर्फ ल्याउने क्रममा नै घाईतेको मृत्यु भएको हो । दुर्घटनाका मृतक खनाल कमल गाउँपालिकाका कर्मचारी सरोज खनालका बुबा हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय