गौरादहमा नेपाल महिला संघको प्रतियोगितात्मक तीज विशेष कार्यक्रम सम्पन्न

२०८० भाद्र २७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापाको गौरादहमा आउँदै गरेको हरीतालिका तीजको अवसरमा प्रतियोगितात्मक तीज विशेष साथै सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । गौरादह नगरपालिका२ स्थित विपी स्मृति भवनमा आज(मंगलवार) तिज विशेष कार्यक्रम गरिएको हो ।

नेपाल महिला संघ गौरादह नगर समितिको आयोजनामा गरिएको कार्यक्रममा तीज नृत्य प्रतियोगिता गरिएको थियो । सो अवसरमा आर्थिक रुपमा विपन्न महिला तथा असल बुहारीलाई सम्मान समेत गरिएको थियो । तीज नृत्य प्रतियोगितामा वडा नं. ७ प्रथम, वडा नं.२ द्वितिय, वडा नं. ६ तृतीय र वडा नं. ५ सान्त्वना भएको तीज नृत्य प्रतियोगिताका निर्णायक तारा कुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्णायक समूहमा श्रेष्ठ सहित निर्मला रिमाल र इन्दिरा पोखरेल रहनु भएको थियो ।

यस्तै, आर्थिक रुपमा विपन्न वर्गका वडा नं. १ कि मधुुमाया सुब्बा र दुखो ताजपुरीया, वडा नं.२ कि नन्दमाया र निरकुमारी भुजेल, वडा नं. ३ कि देविमाया कुँवर र विष्णुमाया थापा, वडा नं.४ कि इन्द्र कुमारी कार्की र जयन्ता दास, वडा नं.५ कि लिला खड्का विष्णुमाया अधिकारी र शोभा गिरी, वडा नं. ८ कि सुस्मा मण्डल र वडा नं. ९ कि सीता श्रेष्ठ र रागन हेमरमलाई सारी वितरण गरिएको थियो । यस्तैगरी, असल बुहारी सम्मानित हुनेमा वडा नं. १ कि शर्मिला निरौला(घिमिरे), वडा नं. २ कि महिला उद्यमी सविना राई, वडा नं.३ कि सवित्रा देवी दाहाल, वडा नं.४ कि पवित्रा देवी दाहाल, वडा नं.५ कि लिला खड्का अधिकारी, वडा नंं.६ कि राधिका देवी पराजुली, वडा नं.७ कि राजकुमारी राजवंशी, वडा नं.८ कि पुष्पा भण्डारी र वडा नं.९ कि सवित्रा खनाल पराजुली रहेका छन् ।

उनिहरुलाई कदर पत्रले सम्मान गरिएको नेपाल महिला संघ कि सचिव रेनु तिम्सीनाले जानकारी दिनुभयो । त्यस अवसरमा नेपाल महिला संघ गौरादह नगर समितिले त्यहाँ उपस्थित महिलाहरुका लागि दर खाने कार्यक्रम पनि गरेका थिए । कार्यक्रममा उपस्थित महिलाहरुका समूहले तीजको गीतमा नाचेर गाएर रमाइलो गरेका थिए ।

संघकी केन्द्रीय सदस्य लक्ष्मी बाराकोटी प्रसाई प्रमुख अतिथि रहनु भएको कार्यक्रममा समिति कि सभापति उर्मिला कार्की, संविधान सभा सदस्य विश्वदिप लिंदेन, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी, पूर्व नगर प्रमुख रोहित कुमार शाह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय