आयुर्वेद अस्पताललाई कमल गाउँपालिकाको सहयोग

२०८१ बैशाख २०, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको कमल गाउँपालिकाले प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई रु ३ लाख बराबरको औषधी प्रदान गरेको छ ।

कमल -७ लखनपुरस्थित सो आयुर्वेद अस्पताल गाउँपालिकाले विभिन्न किसिमका औषधी लगायतका सामाग्रीहरु सहयोग उपलव्ध गराएको हो ।

अस्पतालमा पुगेर पालिका अध्यक्ष हुकुमसिंह राईले ती स्वास्थ्य सहयता हस्तान्तरण गरे ।

पालिकाले औषधीसहित आम सर्वसाधारणका लागि जनहितमूलक होडिङ्ग बोर्ड राख्न समेत सहयोग गरेको हो ।

वर्षदिन अघि सञ्चालनमा आएको यस आयुर्वेद अस्पतालमा विरामीका लागि औषधी अभाव भएपछि पालिकाले त्यस किसिमको सहयोग उपलव्ध गराएको अध्यक्ष राईले बताए ।

दुई साता अघि पनि दमक नगरपालिकाले रु ३ लाख बढी मूल्यका विभिन्न आयुर्वेद औषधीहरु सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार