मन्टेश्वरीका नाममा कमाउ धन्दा, नियम विपरीत पैसा असुली गर्दै

२०८१ बैशाख १६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको दमकमा बग्रेल्ती खुलेका मन्टेश्वरी नाम जोडिएका संस्थाहरुले नियम विपरित बालबालिकाका अभिभावकसँग जथाभावी शुल्क असुलिरहेका पाइएको छ ।

यहाँका शहरी क्षेत्रमा घर भाडामा लिएर खुलेका मन्टेश्वरीहरुले पुराना ( एकपटक भर्ना भइसकेका) बिद्यार्थीका अभिभावकसँग एड्मिसन फी लिन नपाउने व्यवस्था विपरित एडमिसन फीको ठाउँमा अपग्रेड उल्लेख गरेर चर्को शुल्क असुल्ने गरेका पाइएको हो ।

त्यस्ता मन्टेश्वरीले फरक नाम दिएर भर्ना शुल्कसँगै टाइ बेल्ट, मोजा आदिको पनि व्यापार गरिरहेका फेला परेको छ ।

दमक ८ मा सञ्चालित पूर्वाञ्चल मन्टेश्वरीले टाइ बेल्ट र मोजा वापत प्रति बिद्यार्थी १४०० रुपैयाँ लिएको फेला परेको हो । साधारणतया त्यो मन्टेश्वरीले १४०० लिए वापत उपलब्ध गराउने टाइ बेल्ट र मोजाको बजार मुल्य मुश्किलले ४०० रुपैयाँ पर्ने गर्छ ।

शिक्षण संस्थाले शिक्षण कृयाकलाप मात्रै गर्नुपर्नेमा प्यान ( स्थायी लेखा नम्बर) नै उल्लेख नगरि शैक्षिक सत्रको शुरु महिनामानै १५००० भन्दा माथि २०००० सम्म पैसा असुलेको प्रमाण फेला परेको छ ।

संस्थाले नगद लिएपछि दिएको बिलमा स्थायी लेखा नम्बर उल्लेख नगरिनु प्रचलित कानुन विपरित हुन्छ ।

पूर्वाञ्चाल मन्टेश्वरी मात्रै होइन दमकमा रातारात घरका दुई÷तीन कोठा मात्रै भाडामा लिएर खुलेका यस्ता मन्टेश्वरीले बिद्यार्थीका अभिभावकहरुसँग हरेक बर्ष लाखौं रुपैयाँ असुल्ने गर्छन भने संस्थामा हुँदै नभएका सेवा, सुविधाको नाममा पनि शुल्क असुल्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय