नयाँ सत्ता समीकरणको चर्चाबिच सेयर बजारमा उत्साह, पहिलो घण्टामा ७६ अङ्कको वृद्धि

२०८० फाल्गुन २१, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राजनीतिक सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेका बेला यता सेयर बजारमा उच्च उत्साह देखिएको छ । सोमबार बजार खुलेको केही समयमा नै नेप्से सूचक झन्डै ४ प्रतिशतले बढ्न पुगेको छ ।

आजको बजारमा प्रि-ओपनिङको समयमा १५ अंकले बढेको नेप्से सूचक त्यसको केही मिनेटमा नै सूचक ७९ अङ्कमाथिले बढेर २ हजार ३९ अङ्कमाथि पुगेको हो ।

बिहान १०ः५० बजे १९ सय ७६ अङ्कमा रहेको नेप्से सूचक खुलेको १० मिनटमा नै १२ अङ्कले बढेर १९ सय ८८ अङ्कको विन्दुमा पुगेको थियो । त्यस लगत्तै भर्टिकल ग्राफमा उकालो लागेको नेप्से सूचक थप ४३ अङ्कले बढ्दै २ हजार ३१ अङ्कमा उक्लिएको छ ।

बजार खुलेको केही समयभित्रकै तीव्र वृद्धिले नेप्से सूचकको आजको कारोबार के हुने हो भन्ने सबैमा कौतूहल बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय