पल्सर १५० किन्दा गौरादहका विमलले जिते ५० हजार पुरस्कार !

२०८० कार्तिक २, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा / बजाजले ल्याएको ‘२५ गुणा पक्का’ अफरमा मोटरसाइकल किनेका गौरादह ९ बैगुन्धुराका बिमल न्यौपानेले ५० हजार रुपैयाँ नगद जितेका छन् ।

बिहिबार गौरादहस्थित बजाज कम्पनिको मोटरसाइकलका लागि आधिकारिक विक्रेता राजेश मोटर्स प्रालिमा १५० सीसीको पल्सर मोटरसाइकल किनेका न्यापानेले भाग्यशाली उपहार योजनामा ५० हजार रुपैयाँ जितेका हुन् ।

भाग्यशाली ग्राहक बिमल न्यापानेलाई राजेश मोटर्स प्रालिका सञ्चालक निजम कार्की र अनिश कार्कीले ५० हजार रुपैयाँ हस्तान्तरण गरे । विजेता न्यौपानेले स्क्राच मार्फत दुईहजार जितेको त्यसको २५ गुणा ५० हजार हुन आएको संचालक कार्कीले बताए ।

बजाज कम्पनिले दसैं, तिहार, छठ पर्वको अवसरमा पारेर ‘२५ गुणा पक्का’ उपहार योजना ल्याएको छ । भदौ २४ गतेदेखि मंशिर १४ गतेसम्म सञ्चालन हुने ‘२५ गुणा पक्का’ उपहार योजनामा ग्राहकले नगदै पुरस्कार प्राप्त गर्नेछन् ।

दशैँ, तिहार र छठको अवसरमा विभिन्न योजना ल्याएर उपभोक्तालाई आकर्षित गर्न मोटरसाइकल, गाडि, घरायसी सामग्रीका उत्पादकले भाग्यशाली उपहार योजना ल्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय