गाैरादह उ.वा. संघ निर्वाचन : युवा व्यावसायि प्रकाश बाँस्काेटाकाे अध्यक्ष पदमा उमेद्वारी घाेषणा

२०८० बैशाख ५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यहि बैशाख २६ गते हुनगइरहेको गौरादह उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदकालागी युवा व्यावसायि प्रकाश बाँस्काेटाले उम्मेद्वारी दिने घोषणा गर्नुभएकाे छ ।

गाैरादहकाे प्रकाश फर्निचर उद्योगका संचालक बाँस्काेटाले उद्योगी र व्यावसायिहरुकाे हित अनुकुल हुनेगरीकाे याेजना तथा प्रतिवद्धता सहित आफ्नाे उमेद्वारी रहने बताउनु भएकाे हाे ।

बाँस्काेटा संघको २०७३ सालमा भएकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहि कार्यसमिति सदस्यमा अत्याधिक मत प्राप्त गरि निर्वाचित हुनुभएकाे थियाे । यस्तै, ०७६ सालमा भएको संघको निर्वाचनमा सर्वसम्मत रुपमा कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै रहनु भएकाे छ ।

उद्योगी व्यावसायीकाे संस्थामा दुई कार्यकाल भिन्दा भिन्दै पदमा बसेर काम गरेको अनुभव सहित आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बाँस्काेटाले बताउनु भयाे ।

बाँस्काेटाले गाैरादह क्षेत्रका सम्पूर्ण उद्योगी , व्यापारी, व्यवसायीहरुको साथ, सहयाेगले अध्यक्ष पदमा निर्वाचित गराउनुहुने अपेक्षा गरेकाे बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय