लाइफलाइन अस्पताल छेउको आगलागी घटना र अस्पतालको लापरवाही

२०८१ बैशाख २, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा / यो साता दमकको व्यस्त एरिया मानिने दमक ५ स्थित लाइफलाइन अस्पताल छेउको एउटा खाजा घरबाट शुरु भएको आगलागीको घटनाले जनमानसमा धेरै प्रश्नहरु उब्जाएको छ । सचेत पनि गराएको छ यो घटनाले ।

आगलागी बेला बेला परि आउने एउटा विपत्तिनै हो ।
यसमा कुनै दुईमत छैन । मानवीय त्रुटीका कारण हुने आगलागीको घटना रोक्न स्वयं मानिसका कृयाकलापमा सुधार ल्याउनुको बिकल्प छैन ।

यो पनि पढ्नुहोस् :

• स्वीकृत नलिई संरचना बनाउँदै लाईफलाइन अस्पताल, लगानीकर्ताहरुनै असन्तुष्ट

घटना पछि अर्को घटना हुन नदिन पर्याप्त ध्यान दिनुपर्ने कुरा त छदैछ । यहाँको आगलागीको मुख्य कारण मच्छड मार्न बालिएको अण्डाको क्यारेटलाई मानियो । यसैबाट आगलागी भएको भन्ने अनुमानका खबरहरु बाहिर आए पनि यससंगै जोडिएको लाइफलाइन अस्पतालको गम्भिर लापरवाहीको बारेमा भने सबै तै चुप मैं चुप भएको देखिन्छ ।

आगोको ज्वालाले लाइफलाइन अस्पताल परिसरमै रहेको रोटरी क्लब र लाइफलाइनको सहकार्यमा सञ्चालन भइरहेको डायलोसिस सेन्टरमा पनि क्षति पुगेको बिषय बाहिर आएको छ तर यो संरचना (पूर्वाधार) र यसमा भएको लापरवाहीका बारेमा कोही बोलेका छैनन ।

यो पनि पढ्नुहोस: 

• लाइफलाइनमा आर्थिक घोटलाकोे दाबी गर्दै उजुरी, आन्तरिक लेखा परिक्षण गर्न अस्वीकार

पहुँचवालाहरुको लगानी रहेको लाइफलाइन अस्पताल परिसरमा डायलोसिस सेन्टरको स्थापनाले यहाँ एउटा महत्वपूर्ण सेवाको काम गरेको त छदैछ तर यो सेन्टर सञ्चालनको मापदण्ड के हो ? मानव उपचारका लागि बनाइएको यो थलो आफैंमा कति स्वस्थ र कति नियमसंवत छ ? भन्ने बिषयमा कसैले ख्याल राखेको पाइँदैन ।

डायलोसिस सेन्टरसँसँगै रहेको अस्पतालको अक्सिजन प्लान्ट र सडक किनारमै जोडिएका यि संरचनाको बिकास कति सुरक्षित छन ? आगलागीको जोखिमबाट मात्रै होइन अन्य सुरक्षाका मापदण्डका दृष्टिकोणबाट कस्तो छ ? अपनाउनु पर्ने पूर्व सावधानीहरु अपनाइएको छ कि छैन ? आदि प्रश्नहरु उब्जिएका छन ।

लाइफलाइन अस्पतालको नियमन र रेखदेख गर्ने निकायका व्यक्तिहरु स्वयं कुनै न कुनै रुपमा पहुँचवालाहरु भएकै कारण अस्पतालले मापदण्ड विपरितका संरचनाहरु निर्माण गर्दा पनि सम्बन्धित निकाय मौन बसेको हो कि ? भन्ने गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।

अस्पतालले पछिल्लो समय बनाइरहेको संरचना निर्माणका लागि स्थानीय सरकारबाट अनुमतिनै नलिएको र मापदण्ड विपरित बनाइरहेको खबर यस अघिनै बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय