
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दीपावली मनाएका छन् ।
उनले दीपावलीको सबैलाई शुभकामना दिँदै छोटो मन्तव्यसमेत दिएका थिए । फूलफूलको गुच्छामाथि रहेको बत्ती बालेर राष्ट्रपति ट्रम्पले सबैलाई शुभकामना दिएका थिए ।

आइतवार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउनमा दीपावली गरेका हुन् ।
आफूले दीपावली मनाएको भिडियो राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।
भिडियोमा उनी मैनवत्ती बालिरहेका देखिएका छन् ।
ट्वीटमा उनले लेखेका छन्,‘दिवाली मनाउँदैछौं । म र मेलानिया प्रकाशको पर्व मनाउनेहरुलाई शुभकाममा दिन्छौं ।’