कक्षा ५ को नगरस्तरीय परीक्षामा जनमैत्रीकी छात्रा अदिति भट्टराई नगर`टप´

२०८१ बैशाख ४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको गौरादह–४ मिलन चौक स्थित जनमैत्री एजुकेसनल एकेडेमी यतिबेला चर्चाको शिखरमा छ । गौरादह नगरपालिकाको शिक्षा शाखाले यसै वर्षदेखि लिन सुरु गरेको कक्षा–५ को नगर स्तरीय परीक्षामा पालिका भित्रका सबै विद्यालयलाई पछि पार्दै जनमैत्री एजुकेसनल एकेडेमीकी छात्रा अदिति भट्टराई नगर‘टप’ भएपछि विद्यालय चर्चामा रहेको हो ।

नगरका ५२ वटा विद्यालय कक्षा ५ को परिक्षामा सहभागी भएका थिए । निक्कै ठूलो लगानीका नाम चलेका विद्यालयलाई मात्र होइन नगरका नमुना माध्यमिक विद्यालयलाई समेत पछि पार्दै अदितिले नगर टप गरेकी हुन् । उनले नगरले लिएको परीक्षामा ३ दशमलव ९७ जिपीए ल्याएर नगरको पहिलो भएकी हुन् ।

विस २०६९ सालमा स्थापना भएको जनमैत्री एजुकेशनल एकेडेमी न्युन मध्यम वर्गीय परिवारका नानीहरू अध्ययन गर्ने नीजि क्षेत्रको विद्यालय हो । विद्यालयका प्रधानाध्यापक बालेन्द्र अधिकारीले भने –हामी अत्यन्तै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेका छौं । सिमीत स्रोतका बावजुद औपचारिक शिक्षा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि हाम्रा विद्यार्थी नगरमा उत्कृष्ठ छन् ।

स्थापना कालमा प्लेग्रुप देखि २ कक्षासम्म अध्यापन गराएर विद्यालय सुरु गरेको जनमैत्रीले हालकक्षा ६ सम्म पढाउन थालेको छ । आफ्नै पूर्वाधार युक्त सुविधा सम्पन्न भवनमा पढाई हुने विद्यालयमा हालसम्म डेढ करोड लगानी भइसकेका छ । विद्यालयको आफ्नै ६ कट्ठ्ठा जग्गामा खेल मैदान,सुविधा सम्पन्न कक्षा रहेको विद्यालयमा १६० जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । विद्यालयमा ८ शिक्षिका र ५ शिक्षकले अध्यापन गराइरहनु भएको छ ।

पछिल्लो समय देशभर बोर्डिङ स्कुल बिरुद्ध नकारात्मक टिप्पणी भइरहेको भए पनि शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा बोर्डिङले जति सरकारी विद्यालयले मेहनत नगरेको देखिन्छ ।

सरकारी विद्यालयका शिक्षकहरू आफैले पढाएको शिक्षा प्रति विश्वास गर्दैनन् र बोर्डिङमा नानीहरू पढाउँछन् । गाउँमा होस या शहरमा सरकारी विद्यालयमा पढाउने शिक्षकका छोराछोरी बोर्डिङ स्कुल नै पढेको देखिन्छ । यसले के स्पष्ट हुन्छ भने सरकारले करोडौं रुपैयाँ लगानी गरुेको सरकारी विद्यालय भन्दा ब्यक्तिले सञ्चालन गरेको विद्यालयमा अनुशासन, गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप बढि हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय