इटलीको सार्वजनिक ऋण अहिलेसम्मकै धेरै

२०८० भाद्र १, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैंक अफ इटलीले इटलीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ ।

बुधवार आयोजित पत्रकार सम्मलेनमा बैंक अफ इटलीले देशको सार्वजनिक ऋण २.८४३ ट्रिलियन युरो (३.०९ ट्रिलियन अमेरिकी डलर) बढेर नयाँ रेकर्ड कायम गरेको जनाएको हो ।

गत महिनाको तुलनामा यो संख्या २७.८ बिलियन युरोले बढेको हो ।

सन् २०२२ को अन्तिम तीन महिनामा गिरावट आएको थियो ।

तर यस वर्ष इटलीको सार्वजनिक ऋणको आकार हरेक महिना बढ्दै गइरहेको छ ।

ऋणको स्तर सरकारी उधारोको कारण बढेको हो ।

गत महिनाको तुलनामा यस महिना सरकारी ऋण १२.३ बिलियन युरोले बढेको बैंकले जनाएको छ ।

इटालीको सार्वजनिक ऋण सन् २०२२ मा देशको कुल गार्हस्थ्य उत्पादनको १४४.७ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार