सार्वजनिक माध्यमिक विद्यालयमा केवीआई फाउण्डेसनले गर्यो निशुल्क पुस्तक वितरण

२०८१ बैशाख १४, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङ / केवीआई फाउण्डेसन उर्लाबारीले उर्लाबारी–९ आम्वारी स्थित सार्वजनिक माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन गरिरहेका विद्यार्थीलाई निशुल्क पुस्तक वितरण गरेको छ ।

शुक्रबार विद्यालय परिसरमा भएको कार्यक्रममा फाउण्डेसनका प्रतिनिधि इन्द्र खापुङले ४१ जना विद्यार्थीलाई पुस्तक र शैक्षिक सामग्री वितरण गरे । केवीआई फाउण्डेसन उर्लाबारी–९ बाट रोजगारका शिलशिलामा हङकङ गएका नेपालीहरूको संगठन हो ।

अति विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्ने सार्वजनिक माविमा केही वर्ष अघि मात्र केवीआई फाउण्डेसनले झण्डै ५ लाख रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरिदिएको थियो । आफू पढेको विद्यालयको शैक्षिक स्तर उकास्न फाउण्डेसन हरेक वर्ष शैक्षिक सामग्री र छात्रवृति प्रदान गर्दै आएको छ ।

शुक्रबार कक्षा नर्सरी देखि कक्षा २ सम्म अंग्रेजी माध्यममा पढ्ने ४१ जना विद्यार्थीलाई झण्डै ५० हजार मूल्य बराबरका पुस्तक निशुल्क वितरण गरिएको फाउण्डेसनका नेपाल प्रतिनिधि इन्द्र खापुङले बताए ।

विद्यालयका ब्यवस्थापन समितिका सदस्य अमर सेलिङको सभापतित्वमा भएको कार्यक्रममा ओम उप्रेती र दाताराम रिजालले समेत बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार