नेविसंघले काङ्ग्रेस नेता कोइरालालाई बुझायो ६ बुँदे ज्ञापन पत्र

२०८१ बैशाख १८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गौरादह/ नेविसंघ गौरादह कृषि क्याम्पसले शैक्षिक समस्या समाधान गर्न लगायत माग राखेर नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालालाई ६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

क्याम्पसका नेविसंघ संघ अध्यक्ष जीवन न्यौपानेले सोमबार नेता कोइरालालाई बुझाएको ज्ञापन पत्रमा शैक्षिक विकासका लागि तत्कालिन र केही संरचनागत समस्याको सम्बोधन गर्न माग गरेका छन् ।

नेता कोइराला गौरादह काङ्ग्रेसको पार्टी भवन उद्घाटन गर्न यहाँ आएको अवसर पारेर नेविसंघले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा बी.एस्सी. ए.जी अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमको सुरुवात गर्न आवश्यक पहल गरिनुपर्ने, दक्ष कृषि जनशक्तिलाई स्वदेशमै राख्ने वातावरण सिर्जना गरिनुपर्ने लगायतका माग नेविसंघले राखेको छ ।

यस्तै, कृषिमा आवश्यक बजेट र कृषिलाई मुख्य एजेन्डाको रूपमा अगाडि राख्नुपर्ने, गौरादह कृषि क्याम्पसमा उचित छात्रावास निर्माण हुनुपर्ने, प्रयोगात्मक शिक्षाका लागि आवश्यक पहल गरिनुपर्ने र हमासको आक्रमणमा परेका कृषि विद्यार्थी विपीन जोशीलाई तत्काल देश फर्काउन प्रयास गरिनुपर्ने नेविसंघको माग छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार