इलाम २ मा उत्साहित बन्दै डम्बर खड्काका समर्थकहरु, हौसला भर्न झापादेखि तात्तिए

२०८१ बैशाख ९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

१५ बैशाखमा इलाम २ मा हुने प्रतिनिधि सभा सदस्यको उपचुनावमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सामाजिक तथा राजनीतिक युवा व्यक्तित्व डम्बर खड्काका समर्थकहरु उत्साहित देखिएका छन ।

निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक भन्दा पनि बढी सामाजिक सेवाका क्षेत्रमा क्रियाशील युवा उम्मेद्वार खड्काको पक्षमा चुनावी माहौल बन्दै गएपछि उनका समर्थक, शुभेच्छुकहरु उत्साहित बनेका हुन ।

उम्मेद्वार खड्का इलाम बजारमा शनिबार आयोजित चुनावी सभामा व्यस्त रहँदा उनका समर्थक र शुभेच्छुकहरु झापा, मोरङका समेत विभिन्न ठाउँबाट निर्वाचन क्षेत्र अन्तर्गतको भुगोलमा खटिएका छन । कांग्रेसको तर्फबाट स्थानीयका अतिरिक्त केन्द्र तथा प्रदेश समितिले समेत नेताहरुलाई प्रतिनिधिका रुपमा इलाम २ मा खटाएको छ ।

शनिबार कांग्रेस कमल गाउँ समितिको अगुवाईमा डेढ सय भन्दा बढी नेता, कार्यकर्ताहरु चुलाचुलीस्थित वडा नं ३ र ४ मा पार्टीको चुनावी सरगर्मीलाई तताउँदै मतदाताका घरदैलो र मुख्य चोकहरुमा पुगेका छन । त्यसक्रममा मतदाताहरुले सो क्षेत्रबाट बर्षौदेखि एउटै पार्टीलाई मत दिँदै जिताउँदै आएकोमा २०७९ मा अघिल्लो पटक सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित हुन बाध्य भएका खड्कालाई यसपटक जिताउने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन । उनीहरुले भनेका छन– अघिल्लो पटकनै हामी ढुक्क थियौं, तर अफशोच उहाँ ( डम्बर) लाई थोरै मत पुगेन भन्ने सुनियो यसपटक हामी जिताएरै छोड्छौं ।

कतिपय उनका समर्थक, शुभेच्छुकहरुले इलाम २ मा यसपटक बाली फेर्ने, यसैपटक हो डम्बर खड्कालाई जिताउने भन्ने नारा समेत लगाएको सुनिएको छ ।

कांग्रेस कमल गाउँ समितिको अगुवाई कोशी प्रदेश समिति सदस्य समेत रहेका कांग्रेस नेता हुकुमसिंह राई, झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, कमल गाउँ सभापति खगेन भण्डारी, उपसभापति पदम निरौला, सचिव महेन्द्र बुढाथोकी, जिल्ला नेता गौरीमान फागो, प्रदेश सभा क्षेत्र ५ खका सचिव देवी आङदेम्बे, तरुण दल झापाका सभापति राजकुमार न्यौपाने, नेविसंघ झापाका नेता जितेन साम्पाङ लगायतको नेतृत्वमा बिद्यार्थी, तरुण दल, महिला संघ लगायत भातृ संघ र पार्टीका विभिन्न तह तप्काका नेता, कार्यकर्ताहरु स्वतस्फूर्त रुपमा खड्काको पक्षमा मत माग्दै चुलाचुली २, ३ र ४ नम्बर वडाका विभिन्न भागमा पुगेका छन् ।
कमलबाट चुलाचुली पुगेको टोलीलाई कांग्रेस नेता एवं चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङसहित सो पालिकामा विभिन्न जिम्मेवारीमा रहेका पार्टी नेता, कार्यकर्ताहरु, वडा सभापतिहरु, लगायत डम्बर खड्काका समर्थक, शुभेच्छुकहरुको समुहले ठाउँ ठाउँमा स्वागत गरेको थियो ।

कांग्रेस दमक नगर सभापति समेत रहेका चुनावी अभियानका लागि केन्द्रबा खटाइएका प्रतिनिधि प्रकाश प्रसाइँ नेतृत्वको टोलीले पनि शनिबारनै चुलाचुली ६ को साक्फारा लगायतका ठाउँमा कार्यकर्ताहरुसँग भेटघाटसँगै चुनावी घरदैलो, अन्तरक्रियात्मक छलफल गर्दै कांग्रेस उम्मेदवार खड्कालाई जिताउन आग्रह गरेको छ ।

स्मरण रहोस इलाम २ को भुगोलमा पर्ने चुलाचुली, माङसेबुङ, लारुम्बा, देउमाई लगायतको क्षेत्रका अधिक मतदाताहरुको अस्थायी बसोबास झापाको दमक र कमलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय