कमल १ मा वडास्तरीय फुटबल प्रतियोगिता हुँदै

२०८१ बैशाख १४, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कमल गाउँपालिका–१ मा वैशाख १७ गतेदेखि वडास्तरीय वडाअध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । कमल १ को वडा खेलकुद विकास समितिले आयोजना गर्ने प्रतियोगितामा कमल गाउँपालिकाका ७ वटा वडा मध्ये ६ वटा वडाबाट १/१ र आयोजक कमल १को दुई टिम गरि आठवटा टिमले सहभागिता जनाउने छन् ।

नक आउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल वैशाख २२ गते हुने छ । कमल १ काे  वडा खेलकुद विकास समितिका अध्यक्ष भुवन भण्डारीले दिएकाे जानकारी अनुसार  `लागुपदार्थ विरुद्ध हाम्रो अभियान, खेलकुदमा युवाको अभियान´ भन्ने मुल नाराका साथ प्रतियोगिता सञ्चालन हुन लागेकाे हाे । यस्ता खेलकुद प्रतियोगिताले कमललाई खेलकुदको हबका रूपमा विकसित गर्न सहयोग पुग्ने उनले बताए ।

प्रतियोगिता आयोजनाका लागि ३ लाख ५० हजार बढी खर्च अनुमान गरिएको छ भने खेल हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रतियोगितामा बिजेतालाई नगद ४० हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र र उपविजेतालाई २० हजार रुपैयाँ र ट्रफि र प्रमाणपत्र प्रदान गरिने  आयोजक समिति सदस्य सुमन खड्काले बताए ।

यस्तै, विधागत पुरस्कारमा बेस्ट गोलकिपर, म्यान अफ दि टुर्नामेन्ट र इमर्जिङ प्लेयरले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन । यस प्रतियोगिता संचालनका लागि कमल १ को सिलिङ बजेटबाट २ लाख रुपैयाँ छुट्याइएको र अन्य रकम सहयोगी दाताबाट उठाइने खड्काले जनाए ।

प्रतियोगिताकाे उद्घाटन खेल कमल २ र आयोजक कमल १ को ए टिमबीच हुनेछ । कमल १ मा रहेको नरेन्द्र जनता माविको  खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार