गौरादह साँस्कृतिक महोत्सवमा आज चर्चित गायिका मिलन नेवार आउँदै

२०८० माघ १९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको गौरादह नगरपालिकामा जारी गौरादह साँस्कृतिक महोत्सव २०८० मा आज चर्चित गायिका तथा `दि भ्वाइस अफ नेपाल सिजन ५´ कि कोच मिलन नेवार आउने भएकी छ्न ।

गौरादह -१ स्थित डिपु चौकमा माघ ११ गतेदेखी संचालन भईरहेको महोत्सवमा आज (शुक्रबार ) गायिका तथा भ्वाइस अफ नेपाल सिजन ५ कि कोच मिलन नेवार गौरादह आउन लागेकी हुन् ।

गत महिना सम्पन्न दि भ्वाइस अफ नेपाल सिजन ५ मा भ्वाइसको इतिहासमै नारी कोचको जिम्मेवारी सम्हाल्दै नेवारको टिमबाट बिनोद राई विजेता भएका थिए ।

गायिका नेवारका फुलबुट्टे सारी, देउन मलाई बास, जनम जनम जिउला संगै, सिरिमा सिरि, पानी मीठो कुवाको लगायतका तीन दर्जन बढी गीत चर्चित छन ।

महोत्सव माघ २५ गतेसम्म चल्नेछ ।

महोत्सवमा नेपालका चर्चित गायिका एलिना चौहान, दीपक लिम्बू, टंक बुढाथोकी, अशोक दर्जी, हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लगायत आधा दर्जन भन्दा बढी कलाकारले आफ्नो प्रस्तुति देखाईसकेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय