
वि.सं.२०७६ साल मंसिर ०३ गते । मंगलबार । ईश्वी सन् २०१९ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि सप्तमी,१८ घडी २८ पला,दिउसो ०१ बजेर ५२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र अश्लेषा,३५ घडी ०५ पला,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त मघा । योग ब्रम्ह,३८ घडी ५६ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त ऐन्द्र । करण बव,दिउसो ०१ बजेर ५२ मिनेट उप्रान्त बालव,रातको १२ बजेर ४८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कर्कट,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०६ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २६ घडी ४० पला । अष्टमी व्रत। साँझमा भैरवोत्पत्ति। विश्व शौचालय दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ। तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
शाहष तथा पराक्रममा बृद्धि हुने हुनाले खेलकुद तथा यस्तै क्षेत्रमा प्रगति गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । भने बहुप्रतिक्षित ईच्छा तथा आकांक्षाहरु पुस हुनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले स्कुल तथा कलेजमा सफल व्याक्तिको परिचय बन्नेछ । पराक्रम भावमा गाचर गर्ने मध्ययम चन्द्रमाले व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि न्यून आम्दानि हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ