बाह्घरेहुँदै रङ्गपुर – गुहाबारी जोड्ने कालोपत्रे सडक हप्तादिनमै भत्कियो

२०८० असार २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा/ कमल गाउँपालिका वडा न ७ मा कालोपत्रे गरेको सडक हप्ता दिन नपुग्दै उप्किन थालेको छ।  बाह्घरेहुँदै रङ्गपुर -गुहाबारी जोड्ने  सडकको कालोपत्रे उप्किन थालेको हो।

करिव १८ करोड लागतमा जे एण्ड जे कम्पनी झापाले ठेक्काको जिम्मा पाएको कालोपत्र सडक पूर्ण रुपमा तयार नहुदै ठाउँ ठाउँमा कालोपत्रका भागहरु भत्किन थालेपछि स्थानीयहरु आक्रोसित भएका छन्।

सडक डिभीजन कार्यालय दमकमार्फत निर्माण गरिएको कालोपत्र सडक मापदण्ड अनुसार नहुदाँ बर्षातका कारण भत्किन थालेको स्थानीय विदुर गिरी बताउछन।

वडा कार्यालयले कालोपत्रको काममा भएका त्रुटि स्वीकार गदैं त्यसमा सुधार गरि काम थालिसकेको बताएको छ । वडाअध्यक्ष पृथीपति राईले बाह्घरे,रंगपुर हुदै गुहावारीतर्फ जोडिने सडक कालोपत्रको काममा केहि कमजोरी हुन पुगेकोमा सम्बन्धित पक्षलाई जानकारी गराई तुरुन्त करेन्कसन गर्न लगाई काम अघि बढाईएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार