काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले काँग्रेसलाई ५ बर्ष का लागि विपक्षमा बस्ने जनादेश रहेको स्पष्ट पारको छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्तालाई लिएर विभिन्न टिप्पणी भइरहेका बेला प्रवक्ता शर्माले भ्रममा नपर्न आग्रह गरेका छन्।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।
उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीले देउवालाई सरकारमा आउन आग्रह गरेको, सत्तासाझेदारीको प्रस्ताव गरेको लगायतका खबर आइरहेका बेला अपरान्ह प्रवक्ता शर्माले कोही कसैलाई भ्रममा नपर्न भनेका हुन्।
‘भ्रम, कोही कसैलाई केही छ भने,पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई,’ सामाजिक सञ्जालमा प्रवक्ता शर्माले लेखेका छन् ‘अत: कुनै पनि भड्कावबाट टाढा छौं,रहनेछौं’