दादुरा–रुवेला खोप अभियान संचालन बारे उर्लाबारी नगरपालिकाको सूचना

२०८० फाल्गुन २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सूचना:
आदरणीय अभिभावक ज्युहरु

मिति २०८० फागुन २९ गतेदेखि चैत ७ गतेसम्म, उर्लाबारी नगरपालिकाका सबै वडाहरुमा ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाहरुका लागि दादुरा – रुवेला खोप अभियान संचालन हुँदैछ । सो अवसरमा विद्यालय र विद्यालय बाहिर रहेका आफ्ना ९ महिनादेखि १५ वर्ष मुनिका पहिले खोप लिएका वा नलिएका सबै बालबालिकालाई नजिकैको विद्यालय वा स्वास्थ्य संस्थाको खोप केन्द्रमा लगि नछुटाई खोप लगाउनु हुन अनुरोध छ ।

याद राख्नुहोस्:

दादुरा अति संक्रामक रोग हो । यो अभियानमा थप खोप लिन नछुटाउनु हुन र पाँच वर्ष मुनिका बालबालिकाहको आफ्नो नियमित खोप कार्डसमेत लिएर आउनु हुन अनुरोध छ ।
उर्लाबारी नगरपालिका, मोरङ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय