नेपाल आइडलबाट बाहिरिएपछि रचनाले लेखिन् यस्तो मनछुने स्याटस…

२०७६ फाल्गुन १६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ – नेपाल आइडलको मंच बाट रचना रिमाल नेपाल बाहिरिएकी छिन। दर्शकको भोट अनुसार रचना नेपाल आइडलको मंच बाट बाहिरिएकी हुन। रचना यस अघि भने निरन्तर अत्याधिक भोट पाउदै आइरहेकी थिइन । नेपाल आइड लको मंच बाट बाहिरिदै गर्दा उनको आखामा आशु छछल्किएको थियो ।नेपाल आइडलको मंचबाट बाहिरिदै गर्दा उनले आफुलाई यहाँ सम्म ल्याउने नेपाल आइडल र सबै दर्शकलाई धन्यवाद दिएकी थिइन ।

नेपाल आइडलको मंचबाट बाहिरि सकेपछि आफ्नो फेसबुक पेज मार्फत पनि उनले आफुलाई यहाँ सम्म ल्याउने नेपाल आइडल र सबै दर्शकलाई धन्यवाद दिएकी छन् ।

हेर्नुहोस् फेसबुक स्ट्याटस,जस्ताको तस्तै :

समपुर्णमा नमस्कार ! नेपाल आइडल सिजन थ्रीमा आज देखि मेरो यात्रा सकिएको छ । सर्वप्रथम त उत्कृष्ट ७ हुँदै अर्को चरणमा प्रबेश गर्नु हुने मलाई अत्यन्तै माया गर्नु हुने प्रतिभाशाली दाइ दिदीहरुलाई हार्दिक बधाई । फरक ठाउ, फरक परिवेश अनि फरक कोखबाट जन्मिएका हामी अब एउटै परिवार भएका छौ ।

तपाईंहरुको माया, साथ, सहयोग र शिक्षालाई म कहिले भुल्न सक्ने छैन । यो यात्रामा हामिले बिताएका पल र यो समय जिवनभर मुटुमा साचेर राख्ने छु । तिनै जना निर्णायक ज्यु प्रति म संग आभार प्रकट गर्ने शव्दनै छैन, नेपाली संगीतका धरोहर न्हु सरले मेरो घरमै आएर मलाई सुनी दिनु भएको दिन देखि आज सम्मको यात्रामा हजुरहरुले बढाउनु भएको हौशला, दिनु भएको ज्ञान र देखाउनु भएको बाटो मेरालागि मार्गदर्शक हुनेछ्न ।

मलाई प्रस्तुतिकालागि तयार पार्नु हुने मेन्टर, प्रस्तोता दाइ दिदी र आइडलका सम्पुर्ण सदस्य ज्यु हरु प्रती सदैब कृतज्ञ रहनेछु । नेपाल आइडल र एपि वान टेलिभिजनलाई मुरि मुरि धन्यवाद छ, झापाको एउटा कुनामा गित संगीत सुन्न र गाउन मन पराउने एउटा अबोध फुच्चिलाई यति ठूलो प्ल्याटफर्ममा उभाई दिनु भयो । र विशेष रुपमा हजुरहरु सबैलाई विशेष धन्यवाद, विशेष माया र विशेष आभार ! मैले कहिले महसुस पनि गरेकि थिईन कि म यति धेरै भाग्यमानी रहेछु ।

कार्यक्रमको सुरुवाती दिन देखि नै तपाईंहरु ले दिनु भएको माया, साथ र हौसलाको लागि म संग धन्यवाद भन्ने कुनै शव्दनै छैन । आफ्नो घर गाउबाट बिरलै बाहिर निस्केकी , डर र आत्मविश्वासको अभावमा कामी रहेकी एउटा फुच्चीलाई तपाईंहरुले जुन साथ, सहयोग र हौशला दिएर लगातार तीन पटक सर्बाधिक भोट दिएर मलाई आइडलमा जसरी बलियो बनाएर राख्नु भयो त्यसकोलागी मैले जति धन्यवाद भनेपनी कम नै हुन्छ ।

देश देखि बिदेशका विभिन्न ठाउँबाट जसरी हजुरहरुको सहयोग पाए त्यसको ऋणि म जीवन भर रहने छु । मेरो गृह जिल्ला झापाबाट मलाई जुन किसिमको सहयोग भयो त्यसको लागि म आफ्नो जिल्ला र समपुर्ण झापालीहरु प्रती कृतज्ञ छु । मलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने स्थानीय सम्पुर्ण गुरु, आफन्त, दाजु भाइ, दिदी बहिनी, साथीभाइ र संघ संस्थालाई एक मुस्ठ आभार व्यक्त गर्न चाहान्छु ।

हजुरहरु समपुर्ण प्रति माफी पनि माग्न चाहान्छु कि कार्यक्रममा मैले आफ्नो क्षमता अनुसारको प्रस्तुती दिन सकिन । धेरै कुरा सिक्न पाएको छु, अझै सिक्न बाकी छ, आगामी दिनमा आत्मविश्वास उच्च राख्दै संगीत साधनामा अगाडी बढी राख्ने छु । हजुर हरुको मायाको बदला कुनै दिन हजुरहरुलाई गर्ब गर्ने मौका दिन सके भने आफुलाई सफल सम्झिने छु । हिजो सम्म मेरो परिवारको मात्र थिए, आजबाट तपाईंहरु सबैकि “रचना” भएकी छु, यो माया कहिले कम नहोस ! धन्यवाद, धेरै माया

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार