प्रथम वडास्तरीय डोरी तान प्रतियोगिताको उपाधि गौरादह ५ लाई

२०८० चैत्र २४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा / प्रथम वडास्तरीय डोरी तान प्रतियोगिताको उपाधि गौरादह वडा नं. ५ ले जितेको छ ।

सारथि युवा क्लब गौरादहको आयोजनामा जनता माविको खेलमैदानमा भएको वडास्तरीय डोरी तान प्रतियोगिताको उपाधि गौरादह ५ ले जितेको हो ।

फाइनलमा गौरादह वडा नं. ६ लाई पराजित गर्दै वडा नं. ५ ले उपाधि जितेको हो ।

प्रतियोगितामा गौरादह नगरपालिकाका ७ वटा वडाले सहभागिता जनाएका थिए । वडा नं. ७ र ८ भने प्रतियोगितामा सहभागी भएका थिएनन् ।

प्रतियोगिता नकआउटका आधारमा खेलाइएको थियो ।

सेमिफाइनलमा गौरादह ६ ले गौरादह ३ लाई र वडा नं. ५ ले ९ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।

फाइनलमा ६ लाई २-१ को सेटमा पराजित गर्दै ५ ले उपाधि रक्षा गरेको हो ।

विजेता वडा नं. ५ ले एघार हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बनेको वडा नं. ६ ले ९ हजारमा चित्त बुझायो ।

विजेता, उपविजेता टोलीलाई डोरी तान संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा मिश्र पौडेलले ट्रफी प्रदान गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार