अन्तरपालिकास्तरीय कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकालाई

२०८० फाल्गुन १६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको कमल गाउँपालिकाले झापा जिल्ला अन्तरपालिकास्तरीय कर्मचारी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा आज (बुधबार) भएको फाइनल खेलमा विर्तामोड नगरपालिकालाई ३–१ गोलको अन्तरले हराउँदै कमल गाउँपालिकाको टिम विजयी भएको हो ।

कमलका तर्फबाट जर्सी नम्बर ९ का बाबुराम हाँस्दाले ह्याट्रीक गर्दै उपाधि दिलाएका थिए । शिवसताक्षी नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगितामा कमलले उपाधिसँगै नगद ७० हजार रुपैयाँ नगद पुरस्कार , ट्रफी र शिल्ड प्राप्त गरेको छ भने उपविजेता विर्तामोडले नगद ४० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रुपमा शिवसताक्षी सचिन श्रेष्ठ घोषित भए । उत्कृष्ट मिटफिल्डर विर्तामोड प्रभास थापा , उत्कृष्ट गोल रक्षक कमलका सागर यादव, सर्वोकृष्ट खेलाडी कमलका बाबुराम हस्ता र उत्कृष्ट डिफेन्डर कमलका विदुर लिम्बु घोषित भए । उनीहरुले जनही नगद ५/५ हजार रुपैयाँ पुरस्कार जितेका छन ।

प्रतियोगिताको फाइनल खेलमा खेलाडीहरुलाई हौसला बढाउन आयोजक शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, उपविजेता विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाइँ, उपप्रमुख नगेन्द्र संग्रौला विजेता कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईसहित उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, वडाध्यक्षहरु कमल गाउँपालिका वडा नं २ का अशोक सुब्बा, ३ का अग्नी कोइराला, ४ का चन्द्रप्रसाद भट्टराई, ५ का लालबहादुर विष्ट, ६ का नरेन्द्र भट्टराई, ७ का पृथ्वीपति राई लगायत जनप्रतिनिधि, कर्मचारीहरुको टोली पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार