पत्रकार महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य

२०८० फाल्गुन १८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिर्तामोड, फागुन १८ । नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्ड कपको संस्थागत सदस्य बनेको छ ।

महासंघले शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका वीच झापा गोल्ड कपको संस्थागत सदस्यता लिएको हो ।

संस्थागत सदस्यता शुल्क वापतको चेक महासंघका अध्यक्ष एकराज गिरीले झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतलाई हस्तान्तरण गरे ।

अध्यक्ष बस्नेतले महासंघलाई संस्थागत सदस्यता प्रदान गर्दै गोल्ड कप सफल बनाउन सञ्चार क्षेत्रबाट थप हौसला र उर्जा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

त्यस क्रममा महासंघका पूर्व अध्यक्ष माधव विद्रोही, तारामणि सापकोटा, महासंघका उपाध्यक्ष केशव भट्टराई, सहसचिव राजु पाठक, कोषाध्यक्ष रञ्जित प्रसाई, कार्यसमिति सदस्यहरु सहित झापाली सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो ।

फागुन १९ गते देखि २८ गते सम्म डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा मुलुकका चर्चित १० टिम वीच गोल्डकपको छैटौं संस्करण सञ्चालन हुदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार