कमल व्याडमिन्टनको उपाधि दाहाल र थुलुङको जोडीलाई

२०८० फाल्गुन १२, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको कमल गाउँपालिका ५ मंगलवारेमा आयोजित प्रथम कमल गाउँपालिकास्तरिय व्याडमिन्टन प्रतियोगिताको उपाधि कमल ५ कै घनेन्द्र दाहाल र सुदिप थुलुङको जोडीले जितेको छ ।

स्थानीय सगुन युवा क्लवको खेल मैदानमा शनिवार सञ्चालित एक दिवसीय सो प्रतियोगितामा विजेता जोडीले कमल ४ का याम लिम्बू र यासु लिम्बू बाबुछोराको जोडीलाई सोझे सोटमा हराएका थियो ।

उपाधिसंगै विजेता जोडीले नगद १५ हजार, ट्रफि तथा प्रमाणपत्र पाए भने उपविजेता बनेको बाबुछोराको टिमले भने रु १० हजारसहित ट्रफि तथा प्रमाणपत्रमा चित्त बुझाउनु परेको थियो ।

प्रतियोगिताका विजेता,उपविजेता टिमलाई पालिका अध्यक्ष हुकुमसिंह राई ,पालिकाका शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रमाणपत्र प्रदान गदैं अध्यक्ष राईले स्वस्थ्य समाज निर्माणमा खेलकुदको योगदान महत्वपूर्ण रहने उल्लेख गरे ।

कमल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सन्त मगरको अध्यक्षतामा भएको व्याडमिन्टन प्रतियोगितामा कमलका १६ जोडीको सहभाािगता रहेको खेल संयोजक तेजु आङदेम्बेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार