जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न झापामा १२ जना पक्राउ (नामावली सहित)

२०८२ कार्तिक २६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा, गत साउन २४ गते भएको जेन्जी आन्दोलनका क्रममा झापाका विभिन्न स्थानमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनी, दमक र सुरुङ्गाका कार्यालय भवन, सवारीसाधन लगायतका सरकारी स्रोतसाधनमा भएको क्षतिको अनुसन्धान क्रममा सीसीटीभी फुटेज, भिडियो, फोटो र प्रत्यक्षदर्शीको बयानको आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान कार्य जारी राखिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीद्वारा पक्राउ परेकाहरू

१. नवराज राई (४५ वर्ष), बिर्तामोड–५ — ज्यान मार्ने उद्योग, मिति २०८२।०७।२० गते पक्राउ (७ दिन म्याद थप)
२. राजन चौधरी (२२ वर्ष), बिर्तामोड–५ — अपराधिक उपद्रव, मिति २०८२।०७।२२ गते पक्राउ (५ दिन म्याद थप)
३. आयुस धिमाल (२० वर्ष), बिर्तामोड–५ — अपराधिक उपद्रव, मिति २०८२।०७।२१ गते (५ दिन म्याद थप)
४. गोपाल संग्रौला (४२ वर्ष), कन्काई–१ — अपराधिक उपद्रव, मिति २०८२।०७।२१ गते (५ दिन म्याद थप)
५. बिष्णु बि.क. (२५ वर्ष), कन्काई–३ — अपराधिक उपद्रव, मिति २०८२।०७।२१ गते (५ दिन म्याद थप)
६. कुसल तिम्सिना (२५ वर्ष), शिवसताक्षी–१० — अपराधिक उपद्रव, मिति २०८२।०७।२२ गते (४ दिन म्याद थप)
७. सन्जय बस्नेत (३१ वर्ष), शिवसताक्षी–१० — अपराधिक उपद्रव, मिति २०८२।०७।२३ गते (३ दिन म्याद थप)
८. पुजा मगर (२४ वर्ष), बिर्तामोड–५ — अपराधिक उपद्रव, मिति २०८२।०७।२१ गते (५ दिन म्याद थप)
९. सुरज राई (२८ वर्ष), अर्जुनधारा–७ — अपराधिक उपद्रव, मिति २०८२।०७।२१ गते (५ दिन म्याद थप)

इलाका प्रहरी कार्यालय दमकद्वारा पक्राउ परेकाहरू

१०. रियाज सिलवाल (१९ वर्ष), दमक–३ — अपराधिक उपद्रव, मिति २०८२।०७।२३ गते (४ दिन म्याद थप)
११. नकुल अधिकारी (२२ वर्ष), चुलाचुली–३ — अपराधिक उपद्रव, मिति २०८२।०७।२३ गते (४ दिन म्याद थप)
१२. साजन लुहागुन (२२ वर्ष), पांचथर मिक्लाजुङ–५, हाल दमक–१ — अपराधिक उपद्रव, मिति २०८२।०७।२२ गते (५ दिन म्याद थप)

प्रहरीले तोडफोड र आगजनीमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान जारी रहेको र अनुसन्धानका क्रममा थप पक्राउहरू हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय