जेन–जी आन्दोलनका क्रममा लुटिएको इन्सास हतियार विर्तामोडमा फेला

२०८२ कार्तिक २०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा, कार्तिक १९ / जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको इन्सास हतियार झापाको विर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलमा फेला परेको छ।

बुधबार साँझ करिब ४:४५ बजे तोरीवारी नजिकको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा उक्त हतियार भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

फेला परेको हतियार ०३११००८७२ नम्बरको इन्सास राइफल १ थान, सोही हतियारको म्याग्जिन १ थान, १९ राउण्ड सावुत र २ राउण्ड बेसावुत गोली रहेको प्रहरीले जनाएको छ।

उक्त हतियार प्रहरीले बरामद गरी इलाका प्रहरी कार्यालय अनारमनिमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार