फर्स्ट लिंक कम्पनीका कर्मचारीलाई करेन्ट लाग्दा मृत्यु

२०८२ कार्तिक २१, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा, कार्तिक २० । झापाको कमल गाउँपालिका–६ मंगलबारेमा वाइफाइ मर्मत गर्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका फर्स्ट लिंक (वाईफाई) कम्पनीका एक कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला झापा शिवसताक्षी नगरपालिका–१ बस्ने १९ वर्षीय आशिष खनाललाई मिति २०८२ साल कार्तिक ११ गते साँझ करिब ५:३० बजे बिजुलीको पोलमा चढेर वाइफाइ मर्मत गर्ने क्रममा बिजुलीको तारमा टच हुँदा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी भुईँमा खसेर गम्भीर घाइते भएका थिए ।

घाइते खनाललाई प्रारम्भिक उपचारका लागि खरखरेस्थित आम्दा अस्पताल लगिएकोमा त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पुर्‍याइएको थियो । तर, उपचार सम्भव नभएपछि आफन्तले उनलाई घर ल्याएका थिए ।

उनीको कार्तिक १९ गते बुधबार मृत्यु भएको र बिहीबार बिहान ७:४५ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि मृतकको शव उनका बुबालाई बुझाइएर अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय