झापा, कार्तिक १९ — झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा २ वर्ष ५ महिनाका बालकको खोलामा डुबेर मृत्यु भएको छ।
बिक्रम माझीका छोरा दिवांश माझी खेल्ने क्रममा घर छेउमै रहेको अदुवा खोलामा डुबेका थिए। बिहान करिब ९:४५ बजेतिर खोलामा डुबेको अवस्थामा हजुरबुबाले देखेर उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेचि अस्पताल पठाइएको छ।





