बालेनज्यूले विकृत अभिव्यक्ति दिने छुट कतिञ्जेल पाइरहने?

२०८० कार्तिक १७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाहरू सम्मिलित मेयर्स फोरमको मंगलबारको बैठक बहिरष्कार गदै मेयर बालेन शाह रिसाएर हिँडेको चर्चा सँगै मेयर बालेन साहले १७ वटा नगरपालिकाले प्राइभेट कम्पनीबाट पैसा खाएर बैठक बसाएको भन्दै आपत्ति जनक शब्द सामाजिक सञ्जालमा पोष्ट गरेपछि आयोजक बुढानीलकण्ठकी नगरपालिकाकी उपमेयर अनिता लामाले मुख खोलेकी छन् ।

सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका मेयर साहको स्टयाटसको जवाफ उपमेयर लामाले सञ्जालबाटै दिएकी छन् ।

उपमेयर लामाको स्टयाट्स जस्ताको त्यस्तै

काठमाडौ महानगरका मेयरज्यू समयमै बैठकमा आउनुभयो । बैठकमा सबैको आसनग्रहण पछि स्वागत मन्तव्य बैठक आयोजना गर्ने बुढानीलकण्ठ नगरपालिकाको तर्फबाट मैले राखें । त्यसपछि राष्ट्रिय गान गाईयो । त्यसपछि फोरमका अध्यक्षज्यू ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनज्यूले बैठकको ऐजेण्डा प्रस्तुत गर्नका लागि सहजकर्तातर्फ रूलिङ गर्नुभयो ।

त्यतिबेलै काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाहज्यूले एकछिन एकछिनु भनेर हात उठाउनुभयो । बैठकका अध्यक्षज्यूले ऐजेण्डामाथि जाउँ अनि त्यसमाथि व्यापक छलफल गरौं भन्ने प्रस्ताव राखीरहनुभएको बेलामै काठमाडौं महानगरका प्रमुखज्यू जुरूक्क उठ्नुभयो र मैले बोल्न नपाउने भन्नुभयो । बैठकका अध्यक्षज्यूले मेयर फोरमको सचिवालयले ऐजेण्डा निर्धारण गरेको र पहिला ऐजेण्डामाथि नै प्रवेश गरौं त्यसपछि बोल्ने हो, बोल्न नदिने भनेकै छैन भन्नुभयो । लगत्तै काठमाडौं महानगरका मेयरज्यू बोल्न नदिने भन्दै छिटोछिटो बैठक हलबाट बाहिरिनुभयो ।

बैठक ऐजेण्डामा प्रवेश भयो । नेपवेष्टले आफ्नो प्रस्तुति दिएपछि घनिभूत छलफल भयो । सबै प्रमुख, उपप्रमुखले नेपवेष्टको आधिकारिकता, त्यसमाथि उठिरहेको आशंका, प्रश्न र योजना कार्यान्वयनको विश्वसनीयता, लगानी आदिमाथि धेरै प्रश्नहरू गर्नुभयो । नेपवेष्टमाथि सबै पालिकाका प्रतिनिधिले यस्तरी सिधै प्रश्न एवम् प्रस्तुति गरि अन्तरक्रिया गर्न पाएको यही अवसर रहेछ । नेपवेष्ट भने काठमाडौ महानगरसँगको समन्वयमा मात्रै आफूलाई निर्धारण गरिरहेको रहेछ । नेपवेष्टले पनि बिस्तृत रूपमा काठमाडौ उपत्यकाभरिका सबै पालिकामा आफ्नोे कुरा राख्ने एकपटक अवसर खोजेको रहेछ । त्यहीँ त्यही बेलामा हामी धेरैले यो कुराको विषयमा जानकारी पायौं ।

बैठकमा प्रस्तुति र प्रश्नहरू मात्रै भयो, निर्णय सिफारिश केही गरिएको छैन । १३ वर्षसम्म अल्झिएको जटीलताको विषयमा सुसूचित मात्रै हुने काम भयो ।

तर मेयर बालेन्द्र शाहज्यूले यो बैठकको विषयलाई लिएर दिनुभएको आपत्तिजनक अभिव्यक्तिप्रति उक्त बैठकको मात्र साक्षी एवम् जिम्मेवार सदस्यको हैसियतले खेद प्रकट गर्दछु । बैठकको न्यूनतम मर्यादा पालना नगर्ने, गर्नै नपर्ने अवस्था सृजना गरिदिई सबै चोर, देश बेचुवा, काठमाडौ विक्रीमा छैनु जस्तो विकृत अभिव्यक्ति दिने छुट वहाँले कतिञ्जेल पाइरहने ?

नेपवेष्टसँगको विषय टुङ्ग्याउन स्वयं काठमाडौ महानगर वढी जिम्मेवार हुनुपर्ने बुझियो । तर महानगर प्रमुखज्यूको यस्तो अराजक गैर जिम्मेवार स्टन्ट मात्रै कतिञ्जेल हेरिरहने, सुनिरहने ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार