स्थानीय सरकारकाे दायित्व तालिम दिलाएर मात्र सकिन्छ ? 

२०८० बैशाख ७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
  • मिलन अधिकारी

गाैरादह नगरपालिकामा लक्षित बर्गका लागी स्वराेजगार बनाउने भन्दै वडा स्तरीय , नगरपालिका उद्यम विकास शाखा, महिला बालबालिका विकास शाखा मार्फत सीपमुलक तालिमहरु भईरहेका छन्। त्यस्ता तालिमहरु कुनै समापन भई सकेकका छन, कुनै संचालन भईरहेकाे छ, त्यस्तै कुनै संचालन हुने क्रममा छन्। यसको लागी नगर र वडाबाट राम्रै बजेटकाे बिनियाेजन समेत भएकाे छ ।

नगरका विभिन्न वडामा उद्घाेषण, नेतृत्व विकास,  सिलाई बुनाई, मखमली जुत्ता, चप्पल, कागज तथा जडि माला, अचार बनाउने, माेटरसाईकल रिपेयरिङ्ग, ग्यारेजकाे काम, कम्युटर शिक्षा, जैविक मल बनाउने, ढाका बुनाई, डल कुशन लगायतका तालिमहरु संचालन भई रहेका छन्। तालिममा सहभागी हुनेहरुकाे संख्यापनि उल्लेख्य देखिन्छ।

तालिमकाे संचालन स्थानीय स्तरमा लक्षित महिला र पुरुषहरुलाई स्वाराेजगार बनाउने उद्धेश्यले गरिएकाे वडाका अध्यक्षहरु र नगरका जिम्मेवार पदाधिकारीहरु बताउँछन् । तर , स्वराेजगार र उद्यमी बनाउन गरिने भनिएका तालिमहरू लक्षित बर्गहरुकाेलागी उपलब्धि  मुलक भएकाे छ ? तालिम पश्चात् उनिहरुकाे आर्थिक र जिवनस्तरमा परिवर्तन आएकाे छ ? बर्षाैदेखी दिईदै आएका एकैप्रकारका तालिमहरुकाे प्रभावकारीता कति देखियाे त ?

बजारमा विभिन्न व्यवासायिक कम्पनिका ठुलाे मात्रामा उत्पादन हुने सामानहरु छ्यापछ्याप्ती रहेकाे अवस्थामा, सानाे परिमाणमा धेरै समय र लागत लाग्ने त्यस्तै सामान उत्पादन गर्ने तालिम दिएर काेहि कसरी स्वाराेजगार हुन्छ ? उस्ले उत्पादन गरेकाे सामान र बजारकाे सामानकाे मुल्यमा हुने ठुलाे अन्तरका कारण उस्काे समान कसरी बिक्छ ? सामान उत्पादन गरेपछि बजारमा बिक्री बितरण नगरी कसरी आम्दानी हुन्छ, आम्दानी नगरी कसरी स्वराेजगार हुन्छ ?  यस्काेलागी बजारकाे व्यवस्था कसले गर्ने ?

तालिम दिलाउनु राम्राे कुरा हाे तर, तालिमका नाममा  नगर र वडाकाे बजेट सिध्याउने काम त भईरहेकाे छैन ? सिपमुलक तालिम लिएकाहरु मध्ये कतिले यस्लाई निरन्तरता दिएर आर्थिक उपार्जन गरे, उनिहरुले तालिम पश्चात् निर्माण गरेका सामानहरुले बजारमा कस्ताे उपस्थिति जनाएका छन्, उनिहरुकाे उत्पादनले बजार पायाे कि पाएकाे छैन ? यस्काे बारेमा कसले खोजीनिती गर्दिने ! स्थानीय सरकारले यस्काे बारेमा कुनै याेजना बनाएकाे छ ?

याेजना छैनभने अब बनाउन आवश्यक छ। लक्षित बर्गलाई उकास्ने मनसायबाट नै तालिम संचालन गरिएकाे हाे भने, त्यसकाेलागी बजारीकरण गर्नु मुख्य चुनाैति रहेकाे देखिन्छ । बर्षाै अघिदेखी एकै खालमा तालिम दिदैं जनशक्ति उत्पादन गर्ने तर, त्यसबाट आय आर्जन गर्न सक्ने अवस्था नहुँदा त्यसकाे प्रभावकारिता खास देखिदैन। त्यस्ताे तालिम लिएकाहरुका अनुसार बजारमा प्रतिस्पधा गर्ने अवस्थापनि छैन, लागत महंगाे, मेहनत ज्यादा तर दाम त्याे अनुसारकाे पाउन नसकिने उनिहरु बताउँछन्। त्यसैले अब बजारीकरणमा समस्या नहुने, स्थानीय स्तरमा खपत हुनसक्ने सामानका तालिमहरु संचालन गर्नसके तालिम दिनु र लिनुले सार्थकता पाउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार