लेटाङ्ग घटनामा नाबालकको सर्वोतम हितको संरक्षण

२०७८ चैत्र ३०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एकजना महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको हिजोबाट थुनछेक बहस सुरु भएको छ। घटनामा संलग्न ६ जना नाबालक मध्ये पाँचजनालाई अभद्र व्यवहारमा मुद्धा चलाईएको छ भने एकजना नाबालकलाई ज्यान सम्बन्धि कसुरमा मुद्धा चलईएको छ।

ज्यान सम्बन्धि कसुरमा मुद्दा चलाइएका नाबालक लाई हिजो अभियोग साथ मोरङ जिल्ला अदालतमा पेश गरिएको थियो।

उक्त नाबालकको तर्फबाट अधिबक्ता सरोज दाहाल, अधिवक्ता तिर्थ राज भट्टराई र अधिवक्ता बिवेक तिम्सिनाले बहस गर्नु भएको थियो ।

हिजो भएको थुनछेक बहस पश्चात मोरङ जिल्ला अदालतका जिल्ला न्यायाधिस शिशिरराज ढकालको ईजलासले बहसको क्रममा अधिवक्ताहरुले लिएको आधार कारणलाई मध्यनजर गर्दै नाबालकको सर्वोतम हितलाई सुरक्षीत गर्न ति नाबालकलाई अविभावाकको जिम्मा लगाउने आदेश दिएको निज नाबलकको कानुन व्यवसायी अधिवक्ता सरोज दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार