गौरादहवासीलाई युवा कानुन व्यवसायी दाहालले निशुल्क कानुनी सेवा प्रदान गर्ने !

२०७९ बैशाख १, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मेरो प्रतिबद्धता

न्यायामा सबैको पहुँच नहुदा सम्म संविधानले परिकल्पना गरेको सामाजिक न्याय हासिल गर्न सकिँदैन । सरकारको एक तर्फी प्रयासले मात्रै सबै जनतालाई सामाजिक न्याय प्रदान गर्न नसकिने हुँदा यसका निम्ति सबै जनताले आफ्नो तर्फबाट योगदान गर्न आवश्यक भएकोले मैले मेरो तर्फबाट गौरादह नगरपालीका भित्रका गरिबीको रेखामुनि रहेका आर्थीक रुपमा विपन्न व्यक्तीहरुलाई निशुल्क कानुनी सेवा प्रदान गर्नै प्रतिवदता गर्दै गौरादहका विभिन्न पेशामा आवद्ध पेशाकर्मीहरुलाई आ-आफ्नो क्षेत्रबाट गौरादहका जनताहरुलाई सामाजिक न्याय प्रत्याभुती गराउन आफूले सकेको योगदान प्रदान गर्न यसै लेख मार्फत सामुहिक आवहान समेत गर्दछु ।

‘injustice anywhere is threat to justice of everywhere’ अर्थात ‘ कुनै पनि ठाउँमा अन्न्याय हुनु भनेको जुनसुकै ठाउँको न्यायमा खतरा हुनु हो’ भन्ने वाणी न्यायको सर्वमान्य सिद्धान्त हो । यसर्थ न्यायीक रुपमा पिडितले व्यहोरेको पिडा र क्षतिको पूर्ताल गरिनु पर्ने मात्रै न्याय नभई पिडितलाई उक्त क्षती र पिडा पुर्याएको भनेर शंका गरिएको वा अभियोग लगाइएको व्यक्तीले समेत उक्त शंका वा अभियोगको निराकरण सक्षम न्यायीक निकायबाट न्यायको मूल्य, मान्यता र सिद्धान्त अनुरुप गराइनु पर्दछ भन्ने हो ।

अदालतको परिधिमा पुग्नु वा कानुनी अनुसन्धानको दायरामा पर्नु भनेको आफैमा अपराध होइन, बरू यसले मानिसलाई कानुन र कानुनी प्रकृयालाई अझ नजिकबाट बुझ्ने मौका दिन्छ। नेपाली समाजमा आम मानिसलाई प्रहरीले पक्राउ गरेर कुनै अपराधको सिलसिलामा अनुसन्धान मात्रै गरिदैछ भने पनि सक्षम न्यायीक निकाय वा अदालतले सो अपराध संग सम्बन्धित विषय वस्तु वा मुद्दाको फैसला गर्नु अगावै समाजले त्यो व्यक्तीलाई अपराधि घोषण गरि सकेको हुन्छ । सक्षम न्यायीक निकायबाट कुनै पनि पक्राउ परेको व्यक्तिलाई दोषी भनेर ठहर नगर्दा सम्म त्यो व्यक्तीलाई निर्दोष मानिनु पर्छ भन्ने मान्यता व्यवहारमा लागु भएको पाइदैन ।

सामान्य कानुनको कार्यविधिग्त जानकारीको अभावमा हाम्रो समाजमा ठुलालाई चहिन सानालाई ऐन भन्ने भनाइले हालसम्म पनि जरा गाढेर बसिरहेको छ । निर्दोष नै भएर पनि कानुनको बारेमा पर्याप्त जानकारी नहुँदा अनयासै रुपमा लामो समयसम्म कैदमा बस्नु परेको प्रसस्त उदाहरणहरु हाम्रो समाजमा रहेका छन् । धन भएका व्यक्तीहरुलाई कानुनी समस्या परेको खण्डमा उनीहरुले समयमा नै कानुन व्यवसायी नियुक्त गर्छन र सो समस्याबाट मुक्ती पाउँछन् भने गरिबी र आर्थीक विपन्ताबाट गुज्रीनु परेका व्यक्तीहरुले समयमा नै कानुनी सल्लाह र सहयोग नपाएकै कारणले गर्दा लामो समयसम्म कैदमा बस्नु परेको प्रशस्त उदाहरणहरु नेपाली समाजमा रहेका छन् ।

संविधान, ऐन र कानुनले निर्देशित गरेको सिद्धान्त र व्यवस्था अनुरुप नै शंकित व्यक्ती वा अभियुक्तले पनि न्याय प्राप्त गर्नु पर्छ भन्नकालागी २०७९ वैशाख १ गतेबाट मैले गौरादह नगरपालीकामा बसोबास गर्ने गरिबिको रेखाभित्र रहेका आर्थीक रुपमा विपन्न व्यक्तिहरुलाई निशुल्क कानुनी सेवा प्रदान गर्ने प्रतिवद्धता लिदै सो को सुचना यसै लेख मार्फत सम्पूर्ण गौरादहवासीहरुलाई दिन चाहान्छु र साथै देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा नँया वर्ष २०७९ को शुभकामना व्यक्त गर्न चाहान्छु ।

अधिवक्ता सरोज दाहाल
सम्पर्ग नं: ९८५२०७२४४५
इ-मेल ठेगना: sarojdahalofficial@gmail.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार