
नेपालीको महान् चाड बडादशैंको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा अनन्त खुशी, उत्तम स्वास्थ्य, शान्ति र समृद्धि रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
माता दुर्गाको दिव्य शक्ति र आशीर्वादले तपाईंको जीवनमा नयाँ उमङ्ग, साहस र सफलता भरियोस् । आपसी माया, एकता र सद्भावनाले हाम्रो परिवार, समाज र देशलाई अझ बलियो बनाओस् ।

दशैंले दिएको संस्कार, प्रेम र भाईचारा जोगाउँदै हाम्रो परम्परा, संस्कृति र पहिचान सधैं उजागर रहोस् । घर–घरमा खुशीको दीप प्रज्वलित होस्, दुःख–कष्ट टाढा रहून् र प्रत्येक दिन आशा र उज्यालोले भरिएको रहोस् ।
विजया दशमीको यो शुभक्षणले तपाईँलाई हरेक कदममा विजय दिलाओस् भन्ने मंगलकामना ।
प्रकाश कार्की
अध्यक्ष
शुभलक्ष्मी सहकारी संस्था लिमिटेड
गौरादह ।