दशैं – तिहार र छठ विशेष अफर सहित पाथीभरा डिपार्टमेन्ट स्टोरको सेवा सुरु

२०८२ आश्विन १०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गौरादह, २६ असोज – विजया दशमी, तिहार र छठ पर्वलाई लक्षित गर्दै गौरादह–२ मा रहेको पाथीभरा डिपार्टमेन्ट स्टोरले आकर्षक छुट र घरमै सामान पुर्‍याउने विशेष सेवा सुरु गरेको छ ।

स्टोरका अनुसार दशैं, तिहार र छठ पर्वका अवसरमा विशेष `अफर डिस्काउन्ट´ योजना ल्याइएको छ । अब ग्राहकले बजार धाउनु नपरी घरमै बसेर आवश्यक सामग्री खरिद गर्न सक्नेछन् ।

स्टोरले ग्राहकहरूलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने र रु. १०० को खरिदमा २ पोइन्ट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।

स्टोरका अनुसार यो अफर सीमित समयका लागि मात्र लागू हुनेछ । ग्राहकहरूले पोइन्ट संकलन गरेर भविष्यमा खरिद गर्दा नगद बराबर प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

ग्राहकले आफ्नो किनमेल सूची व्हाटसएप वा म्यासेजर मार्फत पठाएपछि सामान घरमै डेलिभरी गरिने जनाइएको छ । नगद नभए पनि कार्ड र फोनपे मार्फत भुक्तानी गर्न सकिने सुविधा रहेको छ ।

पाथीभरा डिपार्टमेन्ट स्टोरले गौरादहका उपभोक्तालाई सुरक्षित, सजिलो र छिटो सेवा दिने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय