सशस्त्रका इन्स्पेक्टर पृथ्वी र रचनाको ‘आउ हामी सँगै बसौं’ बजारमा

२०७८ कार्तिक १४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पृथ्वी खनाल तथा गायिका रचना रिमालको ‘आऊ हामी सँगै बसौं’ गीत सार्वजनिक भएको छ।

आइतबार एक कार्यक्रमका बीच उक्त लोक आधुनिक विधाको गीत युट्युबमार्फत् सार्वजनिक भएको हो।

यशोदा महत युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो। गीतको भिडिओमा इन्स्पेक्टर खनालको निर्देशन, पिटर गुरुङको छायांकन तथा विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ।

गीतकार यशोदा महतको शब्द, करनराज कार्कीको संगीत, देवेश राईको संगीत संयोजन रहेको छ।

भिडिओमा गायक खनाल र गायिका रिमालकै अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय