
झापा / नेविसंघ गौरादह नगर सचिव भएर लामो समयदेखि पार्टी संगठनमा काम गरेका चौहान हाल डिएन ग्रुप अफ कम्पनीज र चौहान ग्रुप प्रा.लि.का अध्यक्ष हुन् ।
व्यावसायिक क्षेत्रमा सक्रिय चौहानले क्लब हिमालयन टाइगर, लायन्स क्लब र सारथि युवा क्लबमार्फत विभिन्न सामाजिक सेवा र युवाप्रेरणामूलक कार्यक्रमहरुमा सहभागी हुँदै आएका छ्न ।

उनले आफ्नो आगामी योजना सार्वजनिक गर्दै भने, `अब राजनीतिक होडमा लाग्ने सोच छैन, व्यवसाय र सामाजिक अभियन्ताको भूमिकामा अझ प्रभावकारी बन्नेछु ।´
व्यवसाय र सामाजिक सेवामा केन्द्रित हुँदै उनले स्थानीय विकास र युवाका अवसरका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् ।