गौरादहमा अन्तर विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता हुने

२०८२ भाद्र १८, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – नेपाली लेखक संघ जिल्ला कार्य समिति, झापाको आयोजनामा गौरादहमा अन्तर माध्यमिक विद्यालय नगर स्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ ।

कार्यक्रम भदौ २१ गते शनिबार बिहान १०ः३० बजे गौरादह नगरपालिकाको सभाहलमा आयोजना हुनेछ । प्रतियोगितामा नगरभित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

गौरादह नगरपालिकाको प्रायोजनमा आयोजना हुने यस प्रतियोगिताले विद्यार्थीहरूमा साहित्यिक चेतना अभिवृद्धि गर्नुका साथै सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्य रहेको लेखक संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय