गौरादह १ मा ४० विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

२०८२ आश्विन ३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गौरादह नगरपालिका १ ले १० औं संविधान दिवसको अवसरमा वडाभित्रका ४० विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रमअन्तर्गत नियमित औषधि सेवन गर्ने क्यान्सर, मृगौला, मुटुजस्ता दीर्घ रोगका १५ परिवारको बीमा नवीकरण र २५ विपन्न परिवारको नयाँ बीमा गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष नगेन्द्र भण्डारीले यो पहलले वडाभित्रको स्वास्थ्य सुरक्षामा ठुलो राहत पुर्‍याउने विश्वास व्यक्त गरे । संविधानले सुनिश्चित गरेको स्वास्थ्यको अधिकारलाई व्यवहारमा उतार्न यो सानो तर महत्वपूर्ण कदम भएको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारका क्रममा आर्थिक बोझ नपरोस् भन्ने हाम्रो उद्देश्य हो´ भण्डारीले भने ।

वडाअध्यक्ष भण्डारीका अनुसार आगामी दिनमा पनि वडाले विपन्न परिवारलाई लक्षित गर्दै स्वास्थ्य सेवा पहुँचयोग्य बनाउन यस्ता कार्यक्रम निरन्तर चलाउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय