जिकज्याक कवाडी सप्लायर्सका संचालक भण्डारीद्वारा दमक प्रहरीलाई अस्थायी रूपमा दुई गाडी उपलब्ध गराउने

२०८२ आश्विन २, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा, कमल / कमल गाउँपालिका ५ पाडाजुङ्गीस्थित जिकज्याक कवाडी सप्लायर्सका सञ्चालक गोपाल भण्डारीले आगजनीबाट क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई अस्थायी रूपमा दुईवटा गाडी उपलब्ध गराउने घोषणा गरेका छन् ।

भण्डारीले उपलब्ध गराउने गाडीमध्ये एक टाटा ४०७ र अर्को टाटा ११०९ मोडलको हुने बताइएको छ । उनका अनुसार ती गाडीहरू प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न र कार्यालय सञ्चालनका लागि तत्काल आवश्यक सहयोग स्वरूप उपलब्ध गराइएको हो ।

भण्डारीले विगत आठ वर्षदेखि दमकमा र पाँच वर्षदेखि कमल ५ पाडाजुङ्गीमा कवाडी व्यवसाय संचालन गर्दै आएका छन् । उनको व्यवसाय क्षेत्रले स्थानीय रोजगार सिर्जना गर्नुका साथै विभिन्न सामाजिक गतिविधिहरूमा पनि योगदान पुर्‍याउँदै आएको छ ।

यो निर्णय हालैको जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि आएको हो । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको भवन र कार्यालयमा प्रयोग हुने गाडीमा आगजनी भएको थियो । यस कारण प्रहरीसँग तत्काल यातायातको साधन नभएकोले शान्ति र सुरक्षा कायम राख्न भण्डारीले आफ्नो तर्फबाट गाडी उपलब्ध गराउने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय