गौरादहमा ‘द लिफ युनिसेक्स सैलुन, क्याफे एण्ड एकेडेमी’ संचालनमा

२०८२ आश्विन २, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा, गौरादह / गौरादह नगरपालिका २ डिपु लाइनमा महिला र पुरुष दुवैका लागि सेवा प्रदान गर्ने ‘द लिफ युनिसेक्स सैलुन, क्याफे एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ ।

बिहीबार आयोजित उद्घाटन कार्यक्रममा गौरादह उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिलबहादुर खत्रीले रिबन काटेर सैलुनको औपचारिक उद्घाटन गरे ।

संचालक मध्येका सुवास राजवंशीका अनुसार सैलुनमा करिब ५० लाख रुपैयाँको लगानी गरिएको छ । यहाँ कपाल काट्ने, रंगरोगन, हेयर–केयर, फेसियल, मेकअप (साधारणदेखि बेहुला–बेहुलीसम्म), छाला तथा नङ स्याहार लगायतका सेवा उपलब्ध छन् ।

सैलुनसँगै सुरु गरिएको एकेडेमीमार्फत ब्यूटिसियन तालिम र नेल-पेन्टिङ तालिम समेत प्रदान गरिने राजवंशीले जानकारी दिए । उनका अनुसार महिला र पुरुष दुवैका लागि आधुनिक सौन्दर्य सेवासँगै क्याफे सुविधासमेत उपलब्ध हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय