
झापा – गौरादह १ मा सञ्चालनमा रहेको देवन केवल नेटवर्कले सेवा शुल्क बाँकी राख्ने ग्राहकलाई बक्यौता तिर्न तीन दिनको अन्तिम म्याद दिएको छ ।
कम्पनीका अनुसार सेवा शुल्क नतिरी नयाँ जडान माग्ने, वा पटकपटक भोलि र पर्सि भन्दै ढिलाइ गर्ने ग्राहकको नाम सामाजिक सञ्जालमा सार्वजनिक गर्ने चेतावनी दिइएको हो ।

बुधबार जारी सूचनामा कम्पनीले भनेको छ, `तीन दिनभित्र सम्पर्क नगरेका ग्राहकको नाम सार्वजनिक गर्न बाध्य हुनेछौं ।´ सम्पर्कका लागि कम्पनीले ९८०१०६९३५५ र ९८०१०६९३५३ नम्बर उपलब्ध गराएको छ ।
देवन केवल नेटवर्कले तोकिएको समयमै बिल तिर्ने बानी बसाल्न सबै ग्राहकलाई आग्रह गर्दै अनावश्यक असुविधा नगर्न अनुरोध गरेको छ ।