काठमाडौं : लामो समय देखि कुखुराको दाना उत्पादन गर्दै आएको सगरमाथा पोल्ट्रीफिड प्रोडकक्स् प्रालीले विभिन्न किसानलाई टाट पल्टाएको रहस्य खुलेको छ।
काठमाडौंको टोखा नगरपालीका ६ स्थित टोखा रोडमा रहेका दाना उद्योगले उत्तरी क्षेत्रका विभिन्न कुखुरा फार्मलाई दाना विक्रि बितरण गर्दै आएको छ।
दाना दिने बहानमा सगरमाथाले आफ्नो सम्पतीनै सखाप पारेको भन्दै अहिले किसानहरुको रुवाबासी भएको छ। विभिन्न समयमा उधारोमा लिएका दानाको मुल्यमा ब्याजमाथी ब्याज लगाएर किसानहरुको फार्मनै बन्द गर्नु पर्ने अवस्था श्रृजना भएको सोही उद्योग संचालकका एक निकट आफन्तलेनै बताएका छन्।
उद्योग संचालक बद्री थापा र उनका भाई केदार थापाले किसानलाई सत्ता र शक्तिको डरत्रास देखाउदै पिडित बनाएको ती आफन्तले बताए। थापाले उधारो दिएका कैयन किसानको जग्गानै हडपेको पनि उनले बताए।
थापाकै कारण आफुहरुलाई मर्नुन बाच्नु भएको थापाको उद्योगबाट दाना लिदै आएका काभ्रेस्थलीका एक किसानले बताए। कुखुराको लागी केही दाना मैले उधारो लिएकै हो, तर संचालक थापाले पछि आएर दानाको मुल्य मात्र हैन ब्याज त्यसमा पनि मिटर ब्याजको हिसाव गरे,उनकै कारण अहिले म सडकमा आउने अवस्था भयो, ती किसानले भने।
नाम उल्लेख नगर्ने सर्तमा ती किसानले भने,स्थानीय टोले गुण्डा देखि प्रहरी प्रशासन सम्मको दुरुपयोग गरी मलाई धम्काउने काम भयो, म मात्र हैन पछि बुझे म जस्ता अरुलाई पनि थापाले त्यस्तै गरेका रहेछन्।
थापा दाजुभाईलाई मैले पटक पटक दाना लिएको हो, मिटर ब्याजमा हिसाव नगर्नु भने, मानेनन्। आखिर मिटर ब्याजमै हिसाव गरे ती किसानले दुखेसो पाखे।सगरमाथा पोल्ट्रीफिड बिरुद्ध अहिले खाध्य गुण तथा नियन्त्रण बिभागले मुद्धा दायर गरेको छ। गुणस्तरहिन दाना उत्पादन गर्दै बजारमा विक्रि गरेको खुलेपछि बिभागले कारवाही थालेको हो।
सगरमाथा पोल्ट्रीफिडबाट उत्पादन गरेको दाना खुवाएर कैयन किसानका हजारौ कुखुरा पटक पटक मर्ने गरेका थिए। सगरमाथा पोल्ट्रीफिड बिरुद्ध मुद्धा चलेको थाहापाएपछि अहिले थापा दाजुभाईबाट पिडित बनेका किसानहरु एक जुट हुन थालेका छन्।
थापा दाजुभाईले हामीमाथी कत्रो अत्याचार गरेका छन्, त्यो हामी अहिले भन्नपनि सक्दैनौ तर हामी चुप बस्ने छैनौ हामी सामुहिक रुपमा अघि बढ्नेछौं थापाबाट पिडित भएका अर्का किसानले भने।
ताजा समाचार
लोकप्रिय
© 2025: सजल सन्देश All Rights Reserved | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd