
झापा – नेपाली लेखक संघ जिल्ला कार्य समिति, झापाको आयोजनामा गौरादहमा अन्तर माध्यमिक विद्यालय नगर स्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ ।
कार्यक्रम भदौ २१ गते शनिबार बिहान १०ः३० बजे गौरादह नगरपालिकाको सभाहलमा आयोजना हुनेछ । प्रतियोगितामा नगरभित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

गौरादह नगरपालिकाको प्रायोजनमा आयोजना हुने यस प्रतियोगिताले विद्यार्थीहरूमा साहित्यिक चेतना अभिवृद्धि गर्नुका साथै सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्य रहेको लेखक संघले जनाएको छ ।