रंग पत्रकार सुजन श्रेष्ठको निर्देशनमा करणको ´सम्झना` सार्वजनिक

२०८२ बैशाख २१, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ। नेपाल आइडल सिजन ५ का विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ। स्वरमा करणलाई रोहित सुन्दासले साथ दिएका छन्। नेपाल आइडलमा विजेता बनेपछि करणले थुप्रै गीतमा स्वर दिएका भए पनि यो पहिलो पटक उनले आफ्नै सिर्जना सार्वजनिक गरेका हुन्।

भिडियो सार्वजनिक गरेपछि करणले भने, “अब लगातार आफ्नै युट्युब च्यानलमार्फत आफ्ना सिर्जना सार्वजनिक गर्नेछु। केही नयाँ तयारी पनि भैरहेका छन्।” उनले थपे, “मलाई नेपाल आइडलमा जिताउनुभएका दर्शकहरूका लागि राम्रो गीत बनाउने जिम्मेवारी महसुस भएको छ, र मेरो चाहना पनि यही हो।”

सुजन श्रेष्ठद्वारा निर्देशित वन टेक भिडियोलाई सुशान ठटालले छायांकन गरेका हुन्। भिडियामा करण र रोहित फिचर्ड छन्। पंकज महराले भिडियोलाई खिचेका छन् भने सुशिल घिमिरेले सम्पादन तथा कलर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय