
भिक्षा
शास्त्रले भिख भन्दैन
भिक्षा भन्दछ
र भिक्षको लागि
ब्राह्मण मात्र होइन
सबैलाई छुट छ सन्त को भेषमा।
प्रसङ्ग बदलौं,
समय समयमा भिक्षा माग्नेले
धर्मलाई छिटो पैसा कमाउने हतियार बनाए,
शास्त्र सम्मत हरेक दिन माग्नेले
माग्नेले उपमा पाएर
भिक्षा पाएनन।
शास्त्र अनुसार भिक्षा माग्ने
हरेक दिन नै हो ।

परिभाषा
ब्राम्हण हुन
रगत र जन्म आवश्य पर्छ
भन्ने पनि शास्त्र हो,
ब्राम्हण हुन
शास्त्र पढे पुग्छ भन्ने पनि शास्त्र हो
विश्वामित्र र वाल्मीकि
तपस्याले ब्राम्हण बने,
शास्त्र सही की जन्म
यो महत्वपूर्ण छलफल को विषय होला,
तर शास्त्रले तपस्यालाई ठाउँ दियो
अनि कर्मलाई।
त्यसैले ब्राम्हणको परिभाषा
उसको कर्म हो
किनकि अग्निले
विश्वामित्र र वाल्मीकि
दुवैको हवन स्वीकार गरेको कथा
शास्त्रमा नै उल्लेख छन्।
बम
बम् भोलेनाथ
सबैले एकसाथ मन्त्रोच्चारण गरे।
उसले प्रश्न सोध्यो
के हो बम भोलेनाथ को अर्थ?
सबैले अर्थ ठम्याए
भोलेनाथ की स्तुति।
तब उसले बोल्यो
ए मुर्ख हो,
बम शब्द कार हो
बं कार,
आकार तथा उकार जस्तै
तिम्रो पुजनीय ईश्वरले
भाषा विज्ञानका कार खोजेका छन्
जाउ गएर रुझाउ
अनि बोली
बं भोलेनाथ ।