
- पुजन दास
सोम-ओम फिल्मको व्यानरमा सामाजिक विषयवस्तुमा आधारित वेव सिरिज ‘माराभिरम’ को छायांकन सम्पन्न भएको छ।
रहस्यमय हत्याको घटनालाई समावेश गरेर बनाईएको उक्त वेव सिरिजको छायांकन सम्पन्न भएको निर्माण पक्षले जानकारी दिएको छ।

आयुसा गौतमको निर्माण र सगुन गौतमको निर्देशनमा बनेको सो सिरिज मोरङको उर्लाबारी र आसपासका क्षेत्रमा छायांकन गरिएको जनाईएको छ।
वेव सिरिजमा कलाकार बिजय सुब्बा, लक्ष्मण बानियाँ, भुमिका खड्का, नबिस कठयात, सन्ध्या नेपाल, सगुन गौतम, सुजल प्रसाईं, गौरभ साह, सृजना न्यौपाने, अर्पित नेपाल, नवराज काफ्ले, हरि इवाहाङ्ग लिम्बू र शान्तिराम राई आदिको अभिनय रहेको छ। भने सिरिजको छायांकन अश्मिता थापाको रहेको छ।
https://youtu.be/ZZ0nqtUHYR4