उल्टो जम्पमार्फत पौडी खेल्दा दुर्घटना, मुर्मु गम्भीर घाइते

२०८२ कार्तिक २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा, कार्तिक २३ । झापाको कनकाई नगरपालिका–७ का ३६ वर्षीय चन्दन मुर्मु पौडी खेल्ने क्रममा गम्भीर रूपमा घाइते भएका छन् ।

शनिबार दिउँसो करिब २ः३० बजे मुर्मु नगरपालिका–३ सिमलबाडीस्थित आफ्नी फुपुको घरमा ‘मरिमराउ’ कामका लागि पुगेका थिए । त्यही क्रममा नजिकैको सानो माई खोलामा पौडी खेल्ने क्रममा उनले उल्टो जम्प गरेको र सोही क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा मुर्मुको गर्दन भाँचिनुका साथै टाउकोमा गम्भीर चोट लागेको प्रहरी स्रोतले जनाएको छ । उनलाई तत्काल उद्धार गरी बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको छ, जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेको उपचारमा उनका दाइ डिची मुर्मु संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय