स्कुलचौन बजारमा दुई टाउको भएको पाठो जन्मियो

२०८२ पुष १७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा गौरादह नगरपालिका ५ स्कुलचौन बजारका किसान बिस्णु श्रेष्ठको घरमा आज दिउँसो दुर्लभ घटना देखिएको छ । श्रेष्ठको घरमा पालिएको बाख्राले पूर्ण रूपमा स्वस्थ दुईवटा टाउको भएको पाठो जन्माएको हो ।

जन्मिँदा बोका सामान्य देखिए पनि एउटै शरीरमा दुईवटा टाउको रहेकोले स्थानीयवासीहरू अचम्मित भएका छन् । किसान श्रेष्ठका अनुसार बोका जन्मिएपछि चलफिर नगरेपनि दूध चुस्ने जस्ता क्रियाकलाप सामान्य देखिएको छ ।

घटनाबारे जानकारी पाएपछि स्थानीयवासीहरू पाठो हेर्न श्रेष्ठको घरमा भेला भएका छन् । पशु विज्ञहरूका अनुसार यस्तो अवस्था जन्मजात विकृतिका कारण कहिलेकाहीँ देखिने भए पनि अत्यन्तै दुर्लभ मानिन्छ ।

हाल पाठो र बाख्रा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको किसान श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार